मोना फान्सद्धारा ओमकुमारी शान्ति कोषलाई ३ लाख सहयोग

  • २८ असार २०७६, शनिबार
  • धिरन खत्री
  • 1595 पटक पढिएको

म्याग्दी, २८ असार । विपन्न म्याग्देलीको उपचारमा सघाउन जन्मीएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना फान्सद्धारा आर्थिक सहयोग गरेको छ । रोजगारको शिलशिलामा फान्समा बस्दै आएका म्याग्देलीहरुको संगठित संस्था मोना फान्सबाट ३ लाख सहयोग प्राप्त भएको हो ।


मोना फान्सका अध्यक्ष हेम बानियाँ र सल्लाकार मानबहादुर सेन्चुरीको संयोजनमा संकलन भएको रकम शनिबार ओमकुमारी शान्ति कोषलाई उपलब्ध गराईएको हो । अध्यक्ष बानियाँका बुबा दिपबहादुर बानियाँ र सल्लाकार सेन्चुरीको आमा रतीश्री विकको उपस्थितमा सो सहयोग ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको थियो ।


विपन्न म्याग्देलीहरुलाई उपचारमा सहयोग गर्ने उद्देश्यले डेढ करोड अध्यक्ष कोषका लागि सो सहयोग प्राप्त भएको हो । अन्य देशहरुबाट पनि प्राप्त भएको अध्यक्ष राजेश शाक्यले बताए । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र आर्थिक अभावका कारण औषधी उपचारबाट बञ्चित १ सय भन्दा बढी म्याग्देलीहरुलाई उपचारपमा आर्थिक संकलन गरि सहयोग गरेको छ।

हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो ।मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l