औलामा उद्घोषणकला तालिम सम्पन्न

  • २७ असार २०७६, शुक्रबार
  • 2094 पटक पढिएको

 

औला २७ असार । अन्नपूर्ण गाउँपालिका ७ औलामा बिहीबार उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा मण्डली सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालन भएको तालिममा वडाका विभिन्न बस्तीका ३२ जनाको सहभागिता रहेको थियो ।

तालिमको पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले सहजिकरण गर्नुभएको थियो । स्थानीय स्तरमा आयोजना हुने कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र प्रभावकारी बोल्ने शैलिको विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रकी अध्यक्ष टिका घतानेको अध्यक्षता र परिचालक खिमा पुर्जाको सञ्चालनमा सम्पन्न तालिम समापन कार्यक्रममा प्रशिक्षक गौतम, टोल सुधार समितिका संयोजक कुमबहादुर गर्बुजा, सहभागी अनुसा पुन र बलराम रञ्तिजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।