विद्यालय भवनको पर्खाल भत्कीयो

  • २५ असार २०७६, बुधबार
  • 1577 पटक पढिएको

 

औल २५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान औलमा रहेको मण्डली आधारभूत विद्यालयको कक्षा कोठा भवनको पर्खाल भत्कीएको छ ।केही दिनदेखिको बर्षासंगै विद्यालय भवनको दुई वटा कोठाको पर्खाल भत्कीएको हो । कक्षा १ र २ का विद्यार्थीलाई राखेर पढाउने कक्षा कोठा भवनको बाहिर तर्फको पर्खाल भत्कीएको शिक्षक शान्ती गर्बुजाले बताउनुभयो ।

कच्चि भवनको भित्रतर्फको पर्खाल समेत चर्कीएकाले जोखिम बढेको छ । कक्षा १ मा ४ र २ मा छ जना विद्यार्थी छन् । बर्खेबिदा पछि जिर्ण भवनमा कक्षा सञ्चालन र्ग कठिनाई हुने विद्यालयले जनाएको छ । वि.स २०५२ मा निर्माण भवनको कक्षा कोठा भवन जिर्ण अवस्थामा छ । कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा ३९ जना विद्यार्थी छन् ।