बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु -( तस्विरसहित )

  • २४ असार २०७६, मंगलवार
  • धिरन खत्री
  • 2111 पटक पढिएको

 

म्याग्दी २४ असार । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो ।

जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ । पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सांसद भुपेन्द्र थापाले गरेका थिए । सांसद थापाले देशलाई स्वच्छ प्रतिस्पर्धामा अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुदाँ विद्यालयस्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई सहयोग पुग्ने बताए । उनले संघिय संरचना अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर गरिएको प्रतियोगिताले जिल्लाको खेल क्षेत्रको थप पहिचान बनाउन सहयोग पुग्ने बताउदै खेलक्षेत्रको पुर्वाधार विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गने्र प्रतिवद्धता जनाए ।


त्यस्तै गण्डकी प्रदेशका सांसद विनोद केसीले राष्ट्रपति कप संचाल भएदेखि म्याग्दीबाट धेरै खेलाडीले राष्ट्रियस्तरमा सहभागि भएर जिल्लाको नाम चिनाउन सफल भएको बताउदै खेलप्रति स्थानीय तह जिम्मेवार बन्न आग्रह गरेका थिए ।


त्यस्तै कार्यक्तममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी २४ र २५ गतेसम्म हुने प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका मेयर हरीकुमार श्रेष्ठ, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, नेपाली काग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

जिल्लास्तरीय प्रतियोगितामा सहभागि भएर प्रथम हुने खेलाडीहरुलाई २६ र २७ गते गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा सहभागि गराइने अध्यक्ष विश्वकर्माले बताए ।कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्शल आर्टतर्फ उसु, तेक्वान्दो र कराते बिधाका खेल सञ्चालन हुने छ । स्थानीय तहका विद्यालयले प्रतियोगितामा सहभागिता हुने प्रतियोगितामा बिजेतालाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका अनुसार पुरस्कार प्रदान गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा म्याग्दीबाट अफिसियलसहित ७८ जना खेलाडी सहभागिता हुने छन् । प्रदेशमा सहभागि भएर उतकृष्ट खेल प्रदर्शन गर्ने खेलाडी २९, ३० र ३१ गते काठमाण्डौमा हुने राष्ट्रपति कप प्रतियोगितामा सहभागि हुन पाउने छन् ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको कार्यक्तमको संचालन अमृत बास्कुनेले गरेका थिए । १५ सय मिटर दौडमा छात्र तर्फ राष्ट्रिय माविका आर्य खत्री र छात्रातर्फ गलेश्वर माविकी रमिला खत्री प्रथम भएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l