बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

  • १९ असार २०७६, बिहीबार
  • 2998 पटक पढिएको

 

बेनी १९ असार । बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही असार महिनाको २४ र २५ गते ६ स्थानीय तहमा भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका खेलाडी तथा विद्यालयको सहभागितामा प्रतियोगिता संचालन गर्न लागिएको हो ।

विहिबार बेनीमा पत्रकार सम्मेलन गरि पालिकास्तरमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम र दिप्तृय खेलाडी तथा विद्यालयहरु सहभागितामा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिए ।

२४ र २५ गते जिल्लास्तरको रनिङशिल्ड प्रतियोगितामा सहभागि भएर प्रथम हुने खेलाडीहरुलाई २६ र २७ गते हुने गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा सहभागि गराइने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

प्रतियोेगितामा छात्र/छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्शल आर्टतर्फ उसु, तेक्वान्दो र कराते बिधाका खेल सञ्चालन गरिने भएको छ । स्थानीय तहका विद्यालयले प्रतियोगितामा सहभागिता हुने प्रतियोगितामा बिजेतालाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका अनुसार पुरस्कार प्रदान गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा म्याग्दीबाट अफिसियलसहित ७८ जना खेलाडी सहभागिता हुने छन् । प्रदेशमा सहभागि भएर उतकृष्ट खेल प्रदर्शन गर्ने खेलाडी २९, ३० र ३१ गते काठमाण्डौमा हुने राष्ट्रपति कप प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

प्रतियोगिता संचालनका लागि १० उपसमिति निर्माण गरिएको छ । भने ६ ओटा खेलविद्याको संयोजक तोकेर तयारीलाई तिव्रता दिएको कार्यालय प्रमुख दानबहादुर राइले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ म्याग्दीका शाखा अध्यक्ष तारानाथ शर्मा र गण्डकी प्रदेशका सदस्य सन्तोष गौतमको सहभागिता रहेको थियो ।