ताकमका कलाकार सुवेदी र थापाको हुदैन र…. ?

  • १२ असार २०७६, बिहीबार
  • 2034 पटक पढिएको

बेनी १२ असार । धवलागिरी गाउँपालिका ७ ताकमका कलाकार किशोर सुवेदी र धारापानीका छत्रराज थापाको लोक पप शैलिको गित हुदैन र … सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिक प्रा.लिबाट सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको गितमा माया प्रेममा धनी र गरिबको कारण हुने बिछोडको प्रशंगलाई उठाउन खोजिएको छ ।

पोखरा र आसपासका क्षेत्रमा छायांकन गरिएको गितमा थापा, सुवेदी र पोखराकी अस्मिता क्षेत्रीको अभिनय छ । गितको शब्द, संगित र स्वर सुवेदीको रहेको छ । सुवेदी र थापाले यसअघि पनि विभिन्न गित ल्याएका थिए ।