महामारीको पुर्व सर्तकता

  • ११ असार २०७६, बुधबार
  • 1660 पटक पढिएको

 

बेनी ११ असार । बेनीमा बुधबारदेखि सम्भावित रोगको महामारीको पूर्व सर्तकता अपनाउने उद्देश्यले स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण सुरु भएको छ ।

बेनी अस्पतालले आयोजना गरेको तालिममा म्याग्दीमा हुन सक्ने सम्भावित महामारी, त्यसको व्यवस्थापनको तयारीका विषयमा अभिमुखीकरण गरिने भएको छ । दुई दिनसम्म चल्ने तालिममा बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता छ ।

तालिमको बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डाक्टर मनोज घिमीरे, डाक्टर रिना लामीछाने, अनिल पाण्डे, मेडिकल रेकर्डर प्रकाश शर्मा र प्रयोगशाला शाखाका प्रमुख सञ्जोग तिमिल्सीनाले सहजिकरण गर्नुहुने जनाइएको छ । सरकारले बेनी अस्पताललाई बेनीलाई दुवार्स सेन्टिनेल साइट घोषणा गरेको छ ।