गरिमाको मंगलालाई सहयोग

  • १० असार २०७६, मंगलवार
  • 42295 पटक पढिएको

बाबियाचौर १० असार । गरिमा बिकास बैंकले बाबियाचौरमा रहेको मंगला माविलाई पानी प्रसोधन गर्ने विद्युतीय फिल्टर सहयोग गरेको छ ।

बैंकको बाबियाचौर शाखाका प्रबन्धक सुर्य रानाभाटले सोमबार विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारी र प्रअ गमबहादुर खत्रीलाई सो फिल्टर हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत दुई थान फिल्टर उपलब्ध गराइएको शाखा प्रबन्धक रानाभाटले बताउनुभयो ।