नाप तौलका सामान परिक्षण र नविकरण शिविर

  • ७ असार २०७६, शनिबार
  • 2619 पटक पढिएको

बेनी ७ असार । बेनीमा शनिबारदेखि नाप तौलका सामानको परिक्षण र नविकरण शिविर सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरा स्थित कार्यालयले घुम्ति शिविर सञ्चालन गरेको हो । शिविरको पहिलो दिन २०१ जना व्यवसायीले सेवा लिएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

कार्यालयका प्रमुख नवराज अधिकारीको नेतृत्वमा आएको ५ जना कर्मचारीहरुको टोलीले आइतबार गलेश्वर र बेनीका सुनचाँदी व्यवसायीहरुले प्रयोग गर्ने नापतौलका उपकरणको परिक्षण तथा नविकरण गर्ने जनाइएको छ ।

जिल्लामै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन डोर टोली ल्याएको अध्यक्ष कर्माचार्यले बताउनुभयो । ढक, तराजु, काँटा, लिटिर, मिटर लगायत नापतौलका उपकरण खरिद गरेको ३५ दिनभित्र कार्यालयमा दर्ता र प्रत्येक वर्ष नविकरण गर्नुपर्ने नीतिगत व्यवस्था छ ।