तातोपानीमा तेक्वान्दो डोजाङ्ग

  • ६ असार २०७६, शुक्रबार
  • 1827 पटक पढिएको

बेनी ५ असार । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ । प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा रेजिना खड्का र कोषाध्यक्षमा रिना बुढाथोकी रहनुभएको छ ।
सदस्यहरुमा हिमाल बानिया, लिला घर्ती, दल छन्त्याल, खिरमाया पुन, होमबहादुर खड्का, लालबहादुर किसान, गुञ्जबहादुर कार्की र कमला खाती रहनुभएको छ ।