पोषण सुधारका लागि कुखुरा वितरण

  • २८ जेष्ठ २०७६, मंगलवार
  • 2181 पटक पढिएको

 

म्याग्दी, २८ जेठ । आर्यआर्जन तथा परिवारको सदस्यहरुको पोषणमा सुधार ल्याउनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाले कुखुरा वितरण गरेको छ । सुनौलो हजार दिनका आमाहरुसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत लुलाङ, खिवाङ र मल्कवाङका २२१ जना दुई वर्ष मुनीका बच्चाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो ।


गाउँपालिकाको आर्थिक सहयोग र मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमको सहजिकरणमा आइतबार र सोमबार अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालको उपस्थितीमा कुखुरा वितरण गरिएको थियो ।
लुलाङका ९४, खिवाङका ५७ र मल्कवाङका ७० जना हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति चार वटाका दरले गिरिराज जातको चल्ला, आठ केजीका दरले दाना र एक÷एक थान दाना खुवाउने भाँडा वितरण गरिएको छ ।

अध्यक्ष पुनले गर्भवती र दुई वर्षमुनीका बच्चा र आमाको पोषण तथा स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने बताईन । पौष्टिक तत्वको आपूर्तिका लागि कुखुराको मासु र अण्डा प्रभावकारी मानिन्छ ।