नेकपा माओवादी केन्द्रको रुममा चुनाबी सभा

  • १३ बैशाख २०७४, बुधबार
  • 5325 पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा नेकपा (माओवादी केन्द्र)ले बुधवार कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो भेलाले इन्द्रबहादुर बिकको संयोजकत्वमा ३० सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन गरेको छ ।

भेलालाइ सम्बोधन नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले नयाँ संविधानमा माओवादीके एजेण्डाहरु समावेश भएकाले त्यसको कार्यान्वयनको लागि पनि माओवादीके नेतृत्व आबश्यक रहेको बताउनुभयो ।

उहाँले आगामी स्थानीय तह निर्वाचनमा माओवादीको बिजयीले मात्रै संविधानको कार्यान्वयन र मुलुकको समृद्धि सम्भव हुने भएकाले माओवादीलाई बहुमतले विजयी गराउन आह्वान गनुृभयो ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका मालिका गाउँपालिकाका अध्यक्ष कमल केसी, समाजसेवि दिलिप शेरचनले समेत जिल्लाको विकासमा माओवादीले गरेका प्रयास र पहलहरु सकारात्मक रहेको भन्दै समृद्ध मालिका गाउँपालिकाको लागि वैशाख ३१ गतेको निर्वाचनमा माओवादीलाई विजयी गराउन आग्रह गर्नुभयो । माओवादी केन्द्रका गोविन थापाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन दलबहादुर खड्काथोकीले गर्नुभएको थियो ।