म्याग्दीमा कृषि वन प्रणालीको अध्ययन

  • २२ जेष्ठ २०७६, बुधबार
  • 1985 पटक पढिएको

बेनी २२ जेठ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा कृषि वन प्रणालीको अध्ययन थालेको छ । प्रदेशको कृषि वन प्रणालीको अध्ययन गर्न मन्त्रालयले परिचालन गरेको परामर्शदाता शान्ति निर्माण र विकासका लागि सहकार्य (प्रि–प्याड)का प्रतिनिधिहरुले बुधबार बेनीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेका छन् ।

जिल्ला समन्वय समितिमा भएको छलफलमा सहभागिहरुले म्याग्दीमा सम्भावित वन र कृषिमा आधारित व्यवसायको विकासका लागि बजारीकरणमा जोड दिनुपर्ने सुझाव दिएका थिए । टिम्मुर, चिराइतो, सतुवा लगायत जडिवुटी, सुन्तला, किबी र आलु खेतीलाई प्राथमिकता दिनुपर्ने सहभागिको भनाई थियो ।

जिसस प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि, वन र निजी क्षेत्रसंग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । अन्नपूर्ण गाउँपालिकामा सम्भाव्यता अध्ययनका लागि सुझाव संकलन गरेको टोलीले सबै स्थानीय तहमा पुगेर सुझाव लिने जनाएको छ ।