नेबि संघ म्याग्दीले स्थानीय तह निर्वाचनको लागी कार्यकर्ता परिचालन गर्ने

  • १३ बैशाख २०७४, बुधबार
  • राकेश शर्मा
  • 1679 पटक पढिएको

बैशाख १३, बेनि । नेपाल बिद्यार्थि संघ म्याग्दीले  यही वैशाख ३१ हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी  म्याग्दी जिल्लाको ५ गाउँपालिका र एक नगरपालिकामा ४ सय ५० जना भन्दा बढी नेबिसंघका कार्यकर्ता  परिचालन गर्ने भएको छ ।

नेबि संघका पुर्व अध्यक्ष तथा नेपालि काँग्रेस महाधिवेशन प्रतिनिधि र  नेबिसंघ परिचालन जिल्ला संमयोजक भरत बहादुर रकालको संमयत्वमा बसेको जिल्ला कार्य समितीको बैठकले म्याग्दी जिल्लामा नेबिसंघ परिचालन गर्ने भएको हो ।
५ गाउँपालिका र एक नगरपालिकामा गरि एक गाउँपालिकामा एक संमयोजक सहित कम्तिमा २४ सदस्य रहेको उपसमिती रहेको छ । भने जसमा बेनि नगरपालिकाको समयोजकमा निर्मल खत्री र महिला संमयोजकमा अस्मिता शर्मा रहेका छन् । नगपालिकामा वडा उपसमिति समेत रहेको छ ।

मंगला गाउँ पालिकामा रोशन अधिकारी, मालिका गाउँपालिकाको महेन्द्र रोका, अन्नपुर्ण गाउँपालिकामा रबि बरुवाल, धवलागीरी गाउँपालिकामा ईन्द्रजित छन्त्याल, रहेका छन । बिवादित गाउँपालिकामा भने रघुगङ्गामा भने कुनै चुनावि कार्यक्रम नभएकाले त्यसको बिसयमा उपसमिती पछी गराउने भएको छ ।

राकेश शर्मा