अन्तरमावि लोकनृत्य प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम

  • १५ जेष्ठ २०७६, बुधबार
  • 2064 पटक पढिएको

म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको आयोजनामा बुधवार बेनीमा सम्पन्न जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि प्रथम हुन सफल भएको छ । संस्थाको २० औ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न १२ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, बेनी बोडिङ्ग स्कुल तृतिय र लिटल गार्डेन एकेडेमि सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमश: नगद रु ८ हजार, ५ हजार ५ सय, ४ हजार ५ सय र २ हजारको साथमा रनिङ शिल्ड, ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।


त्यस्तै प्रतियोगितामा उत्कृष्ट बनेका माउण्टका खेमराज पुनलाई नगद रु १ हजार सहित ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको म्याग्दी जेसिजका महासचिब सन्दीप खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप सहयोग पु¥याउने बताउनुभयो ।


सो कार्यक्तममा जेसिजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष उत्तम कर्मचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाको अध्यक्षता कार्यकारिणी उपाध्यक्ष विरेन्द्र श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माको रहेको थियो ।