गणतन्त्र दिवसको अवसरमा बसपार्कमा सरसफाई

  • १४ जेष्ठ २०७६, मंगलवार
  • धिरन खत्री
  • 1812 पटक पढिएको

म्याग्दी, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा सदरमुकाम बेनीको कालिपुल बसपार्कमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति आयोजना र बेनी नगरपालिको सहकार्यमा कालीपुल बसपार्कमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सेनाहरुको उपस्थितमा सरसफाई गरिएको हो ।


जिल्लाको केन्द्रविन्दु मानिने बसपार्कलाई ब्यवस्थित बनाउन बसपार्कमा रहेका ब्यवसायी र यात्रु तथा चालकहरुलाई फोहोर ब्यवस्थापन सम्वन्धी सचेत गराउन दिवसको अवसरमा बसपार्कमा सरसफाई गरिएको छ ।


बसपार्कका ब्यवसायीहरुले फोहोरलाई कालीगण्डकी नदीको किनारमा फालेर नदीलाई दुर्षित बनाएका छन । नदीको किनारमा फोहोर फाल्नेलाई निगरानी बढाएर कारबाही गर्ने र बसपार्कमा फोहोर नगर्न ब्यवसायीलाई सचेत गराउन कडा कदम अघि बढाउन जिससले नगरपालिकालाई निर्देशन दिएको छ।
दिवसलाई प्रभावकारी बनाउन मंगलबार सरसफाई, बुधबार प्रभातफेरी र विहिबार खुलामन्चमा जनप्रतिनिधी, राजनीतिक दल, कर्मचारी, पत्रकार र सुरक्षाकमी र म्याग्दी उद्योग वाणिज्य संघ विच मैत्रीपुर्ण खेल आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर कटुवालले जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l