उमेद्वार बन्न शिक्षक पदबाट राजिनामा

  • १२ बैशाख २०७४, मंगलवार
  • 2281 पटक पढिएको

म्याग्दी, १२ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा उमेद्वार बन्न म्याग्दीका दुई जना शिक्षकले राजीनामा दिएका छन् । बेनी नगरपालीका ४ सिंगाको धौलागिरी माविका गोविन्दप्रसाद पौडेल र बेनपा ५ को गणेश प्राबिका शिक्षक लक्ष्मण बानियाले उमेद्वार बन्नका लागि राजीनामा दिनुभएको हो । नेकपा एमालेले पौडेल र बानियालाई बेनी नगरपालीकाको ४ र ५ नम्बर वडाको अध्यक्ष पदमा उमेद्वार बनाउने निर्णय गरेको छ ।


निमावी तह दितृय श्रेणीका पौडेल र प्राबि दितृय श्रेणीका बानियाले सोमबार जिल्ला शिक्षा कार्यालयमा पेश गर्नुभएको राजीनामा स्वीकृत गरिएको जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयो ।

पौडेल र बानियाले उमेद्वार बन्ने निश्चित भएपछि शिक्षक पदबाट राजिनामा दिएर राजनिती यात्रालाई अघि बढाएको बताउनुभयो ।