सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना

  • ६ जेष्ठ २०७६, सोमबार
  • 2093 पटक पढिएको

 

बेनी ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा एक परिवारले कम्प्युटर ल्याब स्थापना गरेका छन् । कम्प्युटर कक्षा सञ्चालनका लागि स्थानीय जेठिपार घरब्जा छन्त्यालको परिवारले छ लाख ५० हजार रुपैयाँको लागतमा एक कोठा भवन निर्माण गरेका थिए ।

विद्यालयमा आयोजित कार्यक्रममा छन्त्याल परिवारले भवन र दुई थान कम्प्युटर हस्तान्तरण गरिएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा कम्प्युटर विषयको कक्षा सञ्चालनको तयारी गरिएको प्रअ खिममाया छन्त्यालले बताए । सहयोगदाता छन्त्याल परिवारलाई विद्यालयले सम्मान गरेको थियो ।