गण्डकी प्रदेशस्तरिय जुनियर उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

  • ३ जेष्ठ २०७६, शुक्रबार
  • 2132 पटक पढिएको

 

म्याग्दी, ३ जेठ। म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला उसु संघ म्याग्दीको अयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी, र्पवत, बागलुङ र मुस्ताङका खेलाडीहरुको सहभागिता रहेको थियो ।


उसु च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी २० पदक सहित प्रथम, बागलुङ १५ पदकसहित द्धितीय र मुस्ताङ ६ पदक सहित तृतिय भएका थिए । म्याग्दीले ११ बागलुङले ९ स्वार्णपदक जितेका थिए । त्यस्तै वेस्ट फाईटरमा पुरुषतर्फ बागलुङकी लेलिन रानामगर,महिलातर्फ म्याग्दीकी सोनीया बरुवाल, हाईस्कोरमा पुरुषतर्फ बागलुङको अनमोल बोहोरा र महिलातर्फ काजल वि.क र उदयमान खेलाडीका रुपमा म्याग्दीका समिर किसान बनेका छन् ।


तिन दिनसम्म भएको उसु च्याम्पियनसिप प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीलाई म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम र उसु संघ कार्याबाहक अध्यक्ष अमृत बास्कुने लगायतले पुरस्कार वितरण गरेका थिए । सचिव विकल कडेलको संचालनमा भएको पुरस्कार वितरण कार्यक्रममा स्वागत सदस्य दिपेन राईले राखेका थिए ।