नेकपा निकट विद्यार्थी संगठनद्धारा बालगृहमा खाद्यान्न सहयोग

  • १ जेष्ठ २०७६, बुधबार
  • 2071 पटक पढिएको


म्याग्दी, १ जेठ । नेपाल कम्युनिष्ट पाटी म्याग्दी निकट विद्यार्थी संगठनद्धारा नेपाल बाल संठन म्याग्दीद्धारा संचालीत बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । ५५ औ स्थापना दिवसको अवसरमा अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारी म्याग्दीले सो सहयोग गरेका हुन् ।


विद्यार्थी नेता सुवास विश्वकर्मा, गणेश सुवेदी र ईश्वर सुवेदी लगायतको विद्यार्थीहरुको टिमले संगठनका सभापति नेत्र महतलाई १० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
संगठनले ५५ औँ स्थापना दिवसको अवसरमा बालगृहमा रहेका १२ जना विद्यार्थी भाईबहिनीहरुलाई सो सहयोग गरिएको विद्यार्थी नेता सुवास विश्वकर्माले जानकारी दिए ।