कृषकलाई अभिमुखिकरण

  • १ जेष्ठ २०७६, बुधबार
  • 1414 पटक पढिएको

 

बेनी १ जेठ । बेनीमा बुधबार व्यवसायिक कृषक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको समन्वय र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको आयोजनामा तीन दिनसम्म तालिम सञ्चालन भएको थियो ।

तरकारी ब्लक आयोजना लागू भएको बेनी नगरपालिकाका २० जना कृषकहरु सहभागि तालिमको समापनका क्रममा बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले कृषिमा विबिधिकरण र व्यवसायिकरणमा जोडे दिए ।

कृषि ज्ञान केन्द्रका बागबानि विकास अधिकृत भोजबहादुर थापाले सहजिकरण गरेका थिए । म्याग्दीकाली तरकारी ब्लक आयोजना सञ्चालक समितिका अध्यक्ष मुक्ति खड्काको अध्यक्षता र सचिव सोवित शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहभागि पुण्य चोखालले मन्तब्य व्यक्त गरेका थिए ।