लैङ्गिक हिँसा विरुद्ध क्षमता विकास तालिम

  • १ जेष्ठ २०७६, बुधबार
  • 1631 पटक पढिएको

म्याग्दी, १ जेठ । आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारण विरुद्ध दुइ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको हो ।


पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक रुपमा देखिएको भेदभावलाई न्युनिकरण गर्न न्यायिक समितिलाई तालिम आयोजना गरिएको हो ।
जनप्रतिनिधिहरुले जिम्मेवारी काम र कतव्र्य र अधिकार विषयमा रहेर शिक्षा, रोजगारी, सामाजिक तथा आर्थिक र पारिवारिक जिम्मेवारीमा महिलाहरु आत्मनिर्भर र नेतृत्व विकास सम्वन्धी तालिम उपलब्ध गराईएको महिला तथा बालबालिका शाखाकी सहयाक महिला विकास निरिक्षक लक्ष्मी केसीले बताईन ।
न्यायिक समितिलाई कानुनी अन्योलता भएको भन्दै बोल्न र नेतृत्व विकासको तालिम, आर्थिक राजनीतिक, उद्योग, आर्थिक निर्भरता लगायतको क्षेत्रमा अग्रर रहन महिला सदस्य जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
बेनी नगरपालिका न्यायिक समितिकी र महिला वडासदसस्यहरुलाई प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनी र सहजकर्ता मुक्ति पौडलले महिलाहरुको स्थानीय मुद्धाहरु, क्षेत्रअधिकार, सुरक्षा लगायतका विषयमा सहजीकरण गरेका थिए ।