काखे बच्चासंग सडक बनाउने काममा संघर्ष गर्दै रोल्पाली आमा (भिडियो सहित)

  • २७ बैशाख २०७६, शुक्रबार
  • कमल खत्री
  • 2548 पटक पढिएको

म्याग्दी, २७ वैशाख । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत मुस्ताङको कोबाङ नजीकै सडक स्तरोन्नतीमा काखे बच्चालाई साथमा लिएर महिलाहरु समेत सडक स्तरोन्नतीको काममा लागिपरेका छन् । रोल्पाबाट आएका महिलाहरुले सुत्केरी अबस्थामा समेत यसरी काम गर्ने गरेका हुन् ।

महिलाहरुले पुरुषहरुसंग ढुंगामा टुकटुके संग कडा परिश्रम गर्ने गर्छन् । गरिबीको कारण रोप्लाली महिलाहरु यसरी सुत्केरी अबस्थामा समेत आफ्नो काखे बच्चालाई साथमै लिएर कडा परिश्रम गर्न बाध्य छन् । सडक स्तरोन्नतीको काममा आमाले दुधे बच्चालाई बोकेर काम गरिरहेको दृष्यले भने धेरेको मन तान्ने गरेको छ ।

कालिगण्डकी नदीको किनारमा बेजोड चलीरहेको हावाहुरी र सिमसिम परिररहेको पानीको प्रवाह नगरी यि आमाले दैनिकजसो संघर्ष गरिरहनुभएको छ ।

?

शब्द /भिडियो/ तस्बिरः कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l