मोना कतारको बहुउदेश्यीय अक्षयकोषमा साँस्कृतिक कार्यक्रमबाट ६ लाख जुट्यो

  • २४ बैशाख २०७६, मंगलवार
  • 1975 पटक पढिएको

म्याग्दी, २४ वैशाख । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमो बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि रकम जम्मा गर्न सुरु गरेको छ । नयाँ बर्ष २०७६ को अवसरमा कतारमा आयोजना गरिएको चौथो विविध साँस्कृतिक कार्यक्रमबाट बहुउदेश्यीय अक्षयकोषको लागि रु ६ लाख संकलन गरेको हो ।


साँस्कृतिक कार्यक्रमबाट बचत भएको रकममध्ये रु ६ लाख रकम अक्षयकोष प्रयोजनको लागि संस्थाको खातामा राख्ने मोना कतारको तेश्रो मासिक नियमीत तथा समिक्षा बैठकले निर्णय गरेको संस्थाका अध्यक्ष तिलु शर्मा पौडेल जानकारी दिनुभयो । बैठकमा कार्यक्रमको आय व्यय बिबरण पनी सार्वजनीक गरेको छ ।


उक्त कार्यक्रममा कुल ३७ हजार ९२१ रियाल आम्दानी भएको र १५ हजार ७ सय ६७ खर्च गर्दै २२ हजार १ सय ५४ कतारी रियाल कुल नाफा भएको जनाईएको छ । बहुउदेश्यीय अक्षयकोषमा एक बर्षभित्रै थप ४ लाख जुटाएर १० लाखको कोष औपचारिक रुपमा घोषणा गर्ने मोना कतारले जनाएको छ ।