नेपाली कागजको सामग्री निर्माण तालिम

  • १२ बैशाख २०७६, बिहीबार
  • 2686 पटक पढिएको

बेनी १२ बैशाख । मालिका गाउँपालिका ३ अदिभारामा बुधबार नेपाली कागजको सामग्री निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको प्राबिधिक र उपकरण सहयोगमा अदिभारा नेपाली हातेकागज उद्योगका व्यवस्थापनमा १५ दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो ।


तालिममा नेपाली कागजबाट डायरी, नोटबुक लगायतका सामग्री बनाउने ज्ञान सिप प्रदान गरिएको थियो । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सरिता गौतम, इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे र संगम म्याग्दीका उपाध्यक्ष दिपक पौडेलको उपस्थितीमा तालिम समापन गरिएको उद्योगका सञ्चालक मोतिराज गौतमले बताउनुभयो ।