वडा सचिवद्धारा दिवंगत बुवाको स्मृतिमा विद्यालयलाई सहयोग

  • १० बैशाख २०७६, मंगलवार
  • 2607 पटक पढिएको

बेनी १० बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविलाई एक व्यक्तिले दिवंगत बुवाको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको छ । गुर्जाका वडा सचिव सञ्जिव कुमार महतोले दिवंगत बुवा राम अवतार महतोको स्मृतिमा बिस हजार रुपैयाँ सहयोग गर्नुभएको प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो ।

हालै सरुवा भएर आफ्नै गृहजिल्ला सिराह जानुभएका महतोले वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत विद्यालयलाई सहयोग गर्नुभएको हो । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक सामग्री खरिद लगायतका कार्यमा परिचालन हुने प्रअ सुवेदीले बताउनुभयो ।