विपद्को क्षति न्युनीकरणका लागि पुर्वसर्तकतामा ध्यान दिनुपर्ने

  • १० बैशाख २०७६, मंगलवार
  • 1704 पटक पढिएको

बेनी १० बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्राकृतिक विपद्बाट हुने क्षति न्युनीकरणका लागि पुर्वसर्तकतामा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बेनी बजार संरक्षणका लागि कालीगण्डकी किनारमा निर्माणाधिन अस्थाई तटबन्धको सोमबार अनुगमनपछि स्थानीय र सञ्चारकर्मीहरुसंगको कुराकानीमा जोखिम र क्षति न्युनीकरणका लागि सर्तकतामा ध्यान दिन आग्रह गर्नुभयो ।

संघीय सांसद सेमत रहनुभएका नेता थापाले बेनी बजारको दिगो संरक्षणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । अहिले भइरहेको अस्थाई तटबन्धलाई तिब्रता दिन र आगामी दिनमा दिर्घकाली योजना सञ्चालन गरेर बेनी बजारलाई सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।