गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि नागोयामा मोना साँझ हुँदै

  • ७ बैशाख २०७६, शनिबार
  • 2279 पटक पढिएको

म्याग्दी ,७ वैशाख । गरिव ,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाको लागि सहयोगार्थ जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रियसमितिको आयोजनामा चर्चित कालकारहरुको उपस्थितिमा सो कार्यक्रम हुने भएको हो ।

मे १ तारिखमा आयोजना गरिएको मोना साँझमा नेपालबाट चर्चिच गायक शिव परियार ,चर्चित लोक दोहोरी गायिका ज्योती मगर, चर्चित गायक श्याम सितल र चर्चित पप गायक एवम् प्रथम विग आइकन विजेता गगन पुन मगरको प्रस्तुती रहने मोना नागोया क्षत्रिय समितिका अध्यष रुपेश चोचाङ्गी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, सो कार्यक्रमबाट बचत हुने रकमलाई म्याग्दीमा रहेका गरिव विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोग गरिनेछ ।

नागोयाको नाकामुरा कल्चर थियटरमा हुने मोना साँझको तयारीलाई तिव्रता दिइएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीताको लागि मोना जापान क्षत्रीय समिति नागोयाले जापानमा रहेका म्याग्देली र नेपालीहरुलाई आाह्वान समेत गरेको छ । मोना नागोयाले जिल्लामा आर्थिक विपन्नताको कारण उपचार गराउन नसकेका विरामी, दैवि प्रकोप पिडितहरुलाई राहत लगायतको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।