‘प्रथम चिनाकोट कप– २०७६’ को तयारी अन्तिम चरणमा

  • २७ चैत्र २०७५, बुधबार
  • 2515 पटक पढिएको

म्याग्दी, २७ चैत । म्याग्दीको मङ्गला गाउपालिका –३ बरङ्जा खानिगाउमा रहेको एतिहासिक बाईसे चौविसे राज्यको पालामा राजा बसेको स्थान र उत्कृष्ट दृश्याअबलोकण गर्न सकिने पर्यटकिय स्थल चिनाकोट लाई चिनाउन अभियान थालिएको छ । समाजमैत्री युवा क्लबले ऐतिहाँसिक ठाउँको प्रचार प्रसारको लागि प्रथम चिनाकोट कपको आयोजना गरेको छ ।

सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक दर्पण रोका मगरले जानकारी दिनु भयो । बर्ष २०७६ बैशाख १ गते नब बर्षको अबसरम उक्त कार्यक्रम गर्न लागिएको हाे । फाइभ ए साईड फुटसल प्रतियोगिता खानिगाउको ढुङ्गढुङगे मैदानमा फुटसल सुरु हुनेछ ।

वडा अध्यक्ष कबिन्द्र रोका मगरको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमको उदघाटन खेल पर्बत बेनि र आयोजक बिच हुनेछ । मेलाको अवसरमा बैशाख १ गते म्याग्दिका चर्चित गाएक अमित बिक, रबि कार्की, पदम बिक, झलक पुन, बिमला श्रेष्ठ, बिकास फगामी लगाएत स्थानिय कलाकारको प्रस्तुती रहेने आयोजकले जानकारी दिएको छ।