आफन्तको स्मृतिमा विद्यालयलाई सहयोग

  • २६ चैत्र २०७५, मंगलवार
  • 1748 पटक पढिएको

बेनी २६ चैत । म्याग्दीको मालिका गाउँपालिका ३ मा रहेको गोरक्ष आधारभुत विद्यालयमा एक दम्पतिले दिवंगत आफन्तको स्मृतिमा साढे दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापाले गरिब, जेहेन्दार विद्यार्थीको लागि छात्रवृति स्थापना गर्न सोमबार दुई लाख ५१ हजार रुपैयाँ उपलब्ध गराउनुभएको हो ।

दिवंगत बुवा स्वर्गीय समबहादुर रोकाको स्मृतिमा सहयोग गर्नुभएको विद्यालयका शिक्षक भिम बुढाले जानकारी दिनुभयो । थापा दम्पतिले गर्नुभएको सहयोग रकम अक्षयकोष स्थापना गरेर गरिब विपन्न विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने विद्यालयले जनाएको छ ।