भलिबलको उपाधी भगवतीलाई

  • २४ चैत्र २०७५, आईतवार
  • 3068 पटक पढिएको


म्याग्दी २४ चैत । न्यु जेनेरेशन युवा क्लव सिजलगाँउले आयोजना गरेको विविध खेलकुद तथा सास्कृतिक कार्यक्तमा भलिबलको उपाधी भगवती युवा क्लवले जितेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा आयोजित मेलामा आयोजकलाई पराजित गर्दै भगवती युवा क्लवले उपाधी जितेको हो । साविक वडास्तरीय रुपमा आयोजना गरेको भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । भलिबलमा बिजेतालाई २६ हजार पाँच रुपैया र उपबिजेतालाई १४ हजार ५ रुपैयासहित मेडल र प्रमाणपत्रले खेलाडीलाई सम्मान गरिएको थियो ।भलिबलमा उतकृष्ट खेलाडीको रुपमा न्यु जेनेरेशन युथ क्लवका खेलाडी दिपक कार्की भएका थिए ।


पुरष्कार वितरणमा वडा अध्यक्ष रिमबहादुर कटुवाल, क्लव अध्यक्ष र सदस्यहरुको उपस्थितमा वितरण गरिएको थियो । त्यस्तै म्युजिकल चियरमा पुस्कल कार्की, शौरभ खत्री र सलिना कार्की क्रमश प्रथम द्धितृय र तृतिय भएका थिए ।मेला आयोजनाका संयोजक गकुल भण्डारीको अध्यक्षतामा भएको कार्यक्तममा वडा अध्यक्ष कटुवालद्धारा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । भने क्लव अध्यक्ष दिनेश भण्डारीको स्वागत मन्तव्यमा भएको कार्यक्तमको संचालन क्लव सचिव राम्जी भण्डारीले गरेका थिए ।