सरकारले भष्ट्रचार संस्थागत गरायो : संग्रौला

  • २२ चैत्र २०७५, शुक्रबार
  • 2783 पटक पढिएको

धिरन खत्री


म्याग्दी, २२ चैत । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कम्युनिष्ट नेतृत्व सरकारले भष्ट्रचार संस्थागत गराईसकेको आरोप लगाएकी छन् ।
नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत म्याग्दी आएकी संग्रौलाले पत्रकार सम्मेलनमा सरकारको वाइडबडी खरीदमा भएको अनियमिततामा छानविन र मेलम्ची खानेपानी लगायतको विकासको काममा भएको लापरबाहीले भष्ट्रचार संस्थागत देखिएको बताएकी हुन् ।


लमजुङबाट सुरु भएको काग्रेस जागरण अभियान म्याग्दी जिल्लामा आईसकेको छौ, सरकारको गलत कामको खवरदारी र नेपाली काग्रेसलाई जिल्ला र स्थानीय तहमा बलियो र शसक्त बनाउन यो अभियान थालिएको जानकारी दिईन । कम्युनिष्ट नेतृत्वको सरकारले हिंसाको राजनीतिको सुष्टि गरेको बताउदै नेकपा विप्लपलाई वार्ताको लागि प्रतिवन्द्ध लगाउनु गलत भएको बताईन । उनले सिकेराउतसंग गरेको ११ बुदे सहमति सरकारको असफलताको बाटोमा हिडेको प्रष्ट देखिएको जिकिर गरिन् ।


सरकारले संघियता कार्यान्वयन गर्न, शान्ति सुरक्षा सुशासन र नीति अनुसारको बजेट ल्याउन नसकेको आरोप समेत लगाएकी थिईन । शान्ति र समृद्धिको नाममा सरकारले गर्ने गलत क्रियाकिलापमा प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसले सकारात्मक काममा सहयोेग गर्ने बताउदै राष्ट्रिय मूल्यमान्यता संरक्षणमा काग्रेस प्रतिवद्ध रहेको जानकारी दिईन ।