कृषिमा बैंकहरुको लगानी न्यून

  • १४ चैत्र २०७५, बिहीबार
  • धिरन खत्री
  • 2598 पटक पढिएको

धिरन खत्री

म्याग्दी, १४ चैत । नेपालको विकास आधार कृषि, पर्यटन र जलस्रोत भन्ने सबैलाई थाहा छ । यीनै तिन तत्व म्याग्दीको जिल्लाको जनताको आयस्तर बृद्धिको प्रमुख आधार मानिन्छ । नेपालको भूगोल र हावापानीले जनताको प्रमुख रोजगारीको आधार कृषिनै पहिलो आधार देखिन्छ ।


सरकारले कृषि खेती गर्ने कृषकहरुलाई थोरै ब्याजदरमा कर्जा दिने भनेको छ । त्यो केवल सरकारको घोषणमा सिमित छ । बैंकहरुले सरकारको निर्देशनअनुसार कृषि र पर्यटन क्षेत्रमा गरेका लगानी न्युन देखिएको छ । जिल्लामा रहेको सरकारी तथा वित्तिय बैंकहरुको लगानी कृषि क्षेत्रमा न्युन गरेका छन् ।

जिल्लाको ६ स्थानीय तहका सरकारले कृषि, पर्यटनलाई जनताको आयस्तरको प्रमुख आधार बनाएको छ। तर कृषि क्षेत्रलाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने आधार निर्माण स्थानीय तहले बनाउन सकेको छैन् । स्थानीय तहको कानुनी अन्योलता र बास्तविक कृषकहरुलाई पहिचानमा ढिलाईका कारण बैंकहरुले दिने सुलभ कर्जा कृषकहरुले समयमा पाउन सकेका छैनन् ।

बैंकहरुको कुल कर्जामा १० प्रतिशत कृषिमा भनेको छ । सरकारले जनतालाई आत्तनिर्भर अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्नका लागि कृषि र पर्यटनलाई प्राथमिकता दिएर अनिवार्य लगानी गर्न बैंकलाई आदेश दिएको छ । म्याग्दीमा रहेका नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुको निश्चित मापदण्ड तोकेअनुसार कृषिमा लगानी गरे पनि बास्तविक कृषकहरु थोरै मात्रामा समेटिएका छन् । कृषि क्षेत्रको नाममा भनेकोे लगानी नक्कली कृषकहरु धेरै समेटिएको अधिकांशको कृषकको गुनासो छ।

म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखुस्थित घट्टका बालकृष्ण कटुवालले फलफूल खेति तर्फ ५ सय सुन्तलाका विरुवा लगाएका छन् । उनले सो सुन्तला खेतीलाई विस्तार गर्न चाहन्छन् । तर लगानी छ्रैन् । सरकारले ३ प्रतिशत ब्याजमा दिने कृषि कर्जाका लागि बंैकमा पुग्छन् । उनको सुन्तला खेती लगाएको फुलबारी राखेर कर्जा निकाल्न चाहन्छन, तर बैंकले बजारको घर, घडेरी खोज्छ । सरकारले कृषकलाई लागि सुलभ ब्याजदरमा लगानी गर्न आदेश दिएपनि बैंकहरुको लगानी नक्कली कृषकहरुमा भएको कृषक केसीको आरोप छ ।सरकारले दिएको निर्देशन अनुसार बैंकले जोखिम मोल्न नसक्नुनै कृषिबाट राज्यले लिने फाईदा लिन नसकेको कृषक केसी बताउछन् ।

नेपाल राष्ट्र र्बैक म्याग्दी शाखाले कृषि क्षेत्रमा १ करोड लगानी गरेको छ । सो लगानी १२ जना कृषकले सो कर्जा लगेको शाखा प्रवन्धक मोहन लामिछानेले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकले तिन करोड ३० लाख कर्जा कृषि क्षेत्रमा लगानी गरेको छ । अनुदानसहितको कृषि लगानी १ करोड ३० लाख, अनुदान विनाको कृषि लगानी र विपन्न वर्गलाई समेटेर कृषि १÷ १ करोड कर्जा लगानी गरेको बैंकले जानकारी दिएको छ । भने पर्यटन क्षेत्रमा बैंकहरुको लगानी शुन्य छ ।

जनताको आयस्तरको प्रमुख आधार कृषि र पशुपालन नै प्रमुख आधार हो । पछिल्लो समय बैदेशिक रोजगार त्यागेर स्वदेशमा ब्यवसाय गर्ने युवाहरुको संख्या बढेको छ । अधिकाँश युवाहरु आयस्तर वृद्धिका लागि तरकारी तथा फलफूल खेती र पशुपालनमा लागेका छन् । जिल्लामा कृषिमा केही गर्छु भन्ने कृषकहरुलाई भनेजति लगानी पाउन ग्राहो छ। पाएपनि कागजपत्र मिलाउन झण्झटीलो प्रक्रियाले पछिल्लो समय कृषि क्षेत्रमा युवाहरु सुरु गर्दै विस्तापित भएका छन् ।

मापदण्ड अनुसार कृषि क्षेत्रमा कर्जा लगाी गरेपनि बास्तविक कृषकहरु कति छन् भन्ने तथ्यांक भने आउन सकेको छैन् । निरन्तर कृषि खेती गरेका कृषकहरुल लगानीको अभावले खेतीलाई आधुनिकरण र ब्यवसायिकरणमा बृद्धि गर्न सकेका छैनन् । जिल्लाबाट संघ, प्रदेश, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले रोजगारी विस्तारका लागि कृषि, पर्यटन, जलस्रोतमा लगानी र ग्राम उद्योग विस्तार गर्छु भनेपनि कार्यान्वयन हुन सकेको छैन । दिनहु बैदेशिक रोजगारतर्फ जाने युवाहरुको संख्या बढेको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l