ओमकुमारी शान्ति कोषलाई पाईजाको १ लाख १ हजार सहयोग

  • ९ बैशाख २०७४, शनिबार
  • सन्दिप खत्री
  • 3558 पटक पढिएको

परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा पाखापानी–३ निवासी हाल बहराईनमा कार्यरत हिरा पाईजाले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बहराईनको इलाईट लन्ड्रीमा कार्यरत पाईजा म्याग्दी उद्धार समिति बहराईनका संस्थापक सदस्य समेत हुन् ।

समाजसेवी, इमान्दार र मेहनती पाईजाले कोषको अक्षय कोष स्थापनामा लागि आफूले सहयोग गरेका बताउँदै आगामी दिनमा समेत थप सहयोग गर्ने प्रतिबद्धता जनाए । केही समय अगाडि ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, सचिव लोकेश पुनको टोली बहराईनमा पुगेको थियो । पाईजाले परोपकारी काममा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।

पाईजाको सहयोग सँगै बहराईनबाट कोषलाई १६ लाख भन्दा धेरै सहयोग प्राप्त भएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनले भने बहराईनमा रहनु भएका उदार दिलका धनि म्याग्देलीहरुले हामीलाई गर्नु भएको सहयोगले हामी हर्षित भएका छौ ।

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l