बेनी पिस सिटीद्धारा महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण

  • ३ चैत्र २०७५, आईतवार
  • धिरन खत्री
  • 1951 पटक पढिएको


म्याग्दी, ३ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा मंगला गाउँपालिका– ३ स्थित बरंजामा रहेको महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति एवम् शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवको ‘एक सदस्य एक विद्यार्थी’ अविभावकत्व ग्रहण कार्यक्तम अन्तगर्त शनिवार महेन्द्ररत्न माविमा आयोजित कार्यक्तममा सो छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
छात्रवृति कोष अन्तर्गत बेनी पिस सिटिले ५ विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको थियो । जेहन्द्रदार विद्यार्थीहरु दिलमाया थापा १० हजार, टेकबहादुर विक, अनिता शेरपुञ्जा, नरदेवी विश्वकर्मा, तितप्रसाद विश्वकर्मा, तुलदेवी जैसी र रेशम कार्कीलाई ५ हजारको दरले छात्रवृति गरिएको थियो ।


जनप्रिय आधारभूत विद्यालयका सिर्जना थापा, शान्ति विक, रेशम सापकोटा, गमिसा केसी, पार्वति सापकोटा र महेन्द्ररत्न माविका अध्ययनरत प्रिजेन्ट रोकालाई एकवर्ष पुग्ने शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयको सहकार्यमा छनोट गरिएका विद्यार्थीहरुलाई बेनी पिस सिटिका संस्थापक अध्यक्ष एवम् एमजेएफ राजेश शाक्य, वडा अध्यक्ष एवम् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर रोका मगरले पिस सिटिका अध्यक्ष लाकेशपुन मगर, विद्यालयका प्रअ कृष्णलाल सापकोटा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का लगायतले छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।


५ जना विद्यार्थीहरुको एक बर्ष पुग्ने शैक्षिक सामाग्रीको अभिभावकत्व ग्रहण एमजेएफ शाक्य, लायन लक्ष्मण शर्मा, दुर्गा बुढा, सचिव भोजबहादुर रिजाल, नरेश श्रेष्ठ, निराजन श्रेष्ठले अभिभावकत्व ग्रहण गरेका थिए । सोही अवसरमा पुर्व विद्यार्थीहरुको सक्रियतामा स्थापना गरिएको बंरजा छात्रवृति कोषसंग सहकार्य गरेर विद्यालयमा जडान गरिएको विद्युतिय पुस्तकालयको हस्तान्तर गरिएको थियो ।

कार्यक्रममा बोल्दै पिस सिटिका संस्थापक अध्यक्ष शाक्यले शिक्षालाई ग्रामिण भेगका विद्यालयले भूगोल र वातावरण मिल्ेनेल मिल्ने कृषि प्रविधिमैत्री शिक्षाको विकासमा लाग्नुपर्ने बताउदै विद्यालयको कृषि प्रविधिमैत्री शिक्षाको गुरुयोजना बनाउन पिस सिटिले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
वडा अध्यक्ष एवम् समितिका अध्यक्ष रोकाले समाजमा शिक्षालाई ब्यवस्थित रुपमा संचालन गर्न सकेमात्र समाजको अन्य क्षेत्रको विकास गर्न सहज हुने बताएका थिए । उनले क्लव र पुर्व विद्यार्थीहरुले बरंजामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासप्रति गरेको सहयोग प्रभावकारी भएको बताउदै धन्यवाद दिएका थिए ।


अध्यक्ष एवम् छात्रवृति कोषका संरक्षक लोकबहादुर पुनले जेहन्दार तथा गरिव विद्यार्थीहरुलाई विद्यालयसंग सहकार्य गरेर आर्थिक तथा शैक्षिक सामाग्री निरन्तरण सहयोग गर्ने प्रतिवद्धता दिएका थिए ।
सो आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिप्तृय उपाध्यक्ष सुर्वण रिजाल, संचालन सचिव भोजबहादुर रिजालले गरेका थिए । सोही अवसरमा विद्यालयका प्रधानध्यापक सापकोटाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ५ हजार ५५५ रुपैया सहयोग गर्दै आजिवत सदस्यता लिएका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l