विप्लपको बन्दका कारण जनजिवन प्रभावित

  • ३० फाल्गुन २०७५, बिहीबार
  • 1445 पटक पढिएको

 

म्याग्दी ३० फागुन । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आव्हान गरेको नेपाल बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा नेपाल बन्दको आव्हान गरिएको नेकपाका धौलागिरी ब्युरो सदस्य फिल्टरले बताए ।

बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । सदरमुकाम बेनी र ग्रामिण क्षेत्रका पसलहरु पनि आंशिक रुपमा खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द भएको छ । जिल्लाका सामुदायिक विद्यालयमा वार्षिक परिक्षा सञ्चालन भइरहेको छ ।

‘कर नतिर्ने एनसेललाई कारबाही गर्दा हामीलाई सरकारले राजनीतिक गतिबिधी गर्न प्रतिबन्ध लगाउने अलोकतान्त्रिक र तानाशाही प्रवृतिको निर्णयको बिरोधमा बन्दमा उत्रिएका हौ,’ फिल्टरले जानकारी दिए । पाचँ बजे देखि बन्द खुलेकाे छ ।