म्याग्दी नदीमा वेपत्ता

  • २९ फाल्गुन २०७५, बुधबार
  • 1455 पटक पढिएको

 

बेनी २९ फागुन । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा बुधबार अपराहन्न एक किशोर वेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाट स्थित आफन्तको कोठामा बस्दै आएका अन्दाजी १४÷१५ वर्षका हेमचन्द्र गर्बुजा म्याग्दी नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पौडी खेल्ने क्रममा नदीमा वेपत्ता भएका गर्बुजाको खोजी भइरहेको र उनिसँगै खोलामा पौडी खेल्दा डुवेका बेनपा ७ महारानीथानका १६ वर्षीय निलप्रसाद छन्त्याललाई उद्धार गरेर प्राथमिक उपचार पछि आफन्तको जिम्मा लगाएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनीले बताए ।