हाजिरजवाफमा लोकदीप आवासिय मावि प्रथम

  • २९ फाल्गुन २०७५, बुधबार
  • 1313 पटक पढिएको

बेनी, २९ फागुन । सदरमुकाम बेनी नजिक मंगलघाटमा रहेको लोकदीप आवसिय माविमा मंगलबार भएकोे हाजिरजवाफ प्रतियोगितामा आयोजक विद्यालय प्रथम बनेको छ । विद्यालयअन्र्तगत युवा रेडक्रस सकंलको आयोजनामा भएको हाजिरीजवाफ प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो ।

विद्यालयमा भएको प्रतियोगितामा दृप्तीय न्यु वोष्ट पोईन्ट आवासिय मावि, तृतिय गलेश्वर मावि तोरीपानी हुन सफल भएका थिए । प्रतियोगितामा प्रथम द्धिप्तीय र तृतिय हुने विद्यालयलाई क्रमश नगद रु ८ हजार, ६ हजार र ४ हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा विजेता विद्यालयलाई नेपाल रेडक्रस सोसाईटी म्याग्दीमा सभापति लेखबहादर हमाल, बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नैनकुमार श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

युवा रेडक्रस संकलकी अध्यक्ष प्रेमिका बानियाँको अध्यक्षतामा भएको कार्यक्तममा नेपाल रेडक्रस सोसाईटी म्याग्दीमा सभापति हमाल, बेनी नगरपालिका–७ का वडा अध्यक्ष श्रेष्ठ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नैनकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेको थिए । विद्यालयका शिक्षक वेदनाथ शर्माले संचालनमा भएको हाजिरजवाफ प्रतियोगितामा प्रिन्सिपल ज्ञानेन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।