गायक कार्कीको ‘निलो निलो सागर’ बजारमा (भिडियो सहित)

  • ७ बैशाख २०७४, बिहीबार
  • 4119 पटक पढिएको

म्याग्दी, ७ वैशाख । म्याग्दीका गायक जीवन कार्की अथकले ‘निलो निलो सागर’ बोलको नयाँ लोक पप गीत बजारमा ल्याएका छन् । कार्की सँगै रिता खड्काको स्वर रहेको सो गितको म्युजिक भिडियो तयार पारि बजारमा ल्याईएको हो । उत्कृष्ट म्युजिक क्रियसन प्रालिको प्रस्तुतीमा आएको गीतमा गायक कार्कीले नै शब्द रचना गरेका हुन भने संगीत दिपक शर्माले भरेका छन् ।

रमेश बिज्ली विसीले निर्देशनमा मुम्बईमा छायांकन गरिएको भिडियोमा हाल मुम्बईमा रहेका कर्ण चापागाई र पुजा खड्काले अभिनय गरेका छन् । चापागाईले यस अघि झण्डै दुई सय म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने खड्काले यो भिडियो मार्फत डेब्यु गरेकी हुन् ।

मिन खड्काको सहयोगमा मुम्बईमा गीत रेर्कड तथा म्युजिक भिडियोको निर्माण गरिएको गायक कार्कीले जानकारी दिए । कार्कीको सो म्युजीक भिडियोको हालै पोखरामा विमोचन गरिएको छ । गीतको म्युजिक भिडियो गायक तथा संगीतकार रामभक्त जोजीजुले बिमोचन गरेका थिए ।


म्याग्दी जेसीजले आयोजना गरेको म्याग्दी लोक तारा–२ मा उपविजेता बनेका कार्कीले यस अघि तीन गीत समावेश गरी पहिलो ‘हिरा’ एल्बम बजारमा ल्याएका छन् । म्याग्दीको राखु रानीपौवा घर भएका कार्कीले पप, लोकपप, आधुनिक, रक विधाका गीत गाउने गरेका छन् । कार्कीले यस अघि ‘अतित’ गजल स्रंग्रह समेत पाठक समक्ष ल्याइसकेका छन् ।