माओवादी केन्द्रले बैशाख ९ गते उमेद्वार सार्वजनीक गर्ने

  • ४ बैशाख २०७४, सोमबार
  • 3037 पटक पढिएको

म्याग्दी ४ बेशाख । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेद्वार बैशाख ९ गते सार्वजनीक गर्ने भएको छ ।

बेनीमा सोमबार बसेको जिल्ला कार्यालय सदस्यहरुको बैठकले बैशाख ९ गते केन्द्रिय कार्यक्रम अनुसार बेनी नगरपालीकाको प्रमुख, उपप्रमुख र ४ गाउँपालीकाको अध्यक्ष, उपाध्यक्षसंगै वडा अध्यक्ष र सदस्यहरुको उमेद्वारी घोषणा गर्ने निर्णय गरेको हो ।

रघुगंगा गाउँपालीकाको केन्द्र विवाद समाधानका लागि गम्भिर रुपमा पहल गर्ने माओवादी केन्द्रका नेता सुवास विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा चुनाव केन्द्रित अभियान र उमेद्वार छनौटको तयारीको विषयमा छलफल भएको थियो ।

परिवर्तनको एजेण्डा स्थापित भएको, वर्तमान सरकारले लोडसेडीङ हटाउने लगायतका विषयमा गरेको जनपक्षिय काम, म्याग्दीको विकास निर्माणका लागि बजेट भित्र्याउन गरेको पहल र विगतमा फुटेर गएका नेता कार्यकर्ता एकिकृत भएकाले माओवादीको पक्षमा जनमत बढेको र चुनाव जित्ने आधार बनेको नेताहरुले बताएका छन् ।

जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकमा गाउँपालीकामा सञ्चालीत अभियानको समिक्षा गर्दै निर्वाचन केन्द्रित अभियानलाई थप शशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।