जेसीजजका कार्यक्रमलाई गाउँकेन्द्रित बताउँछुः अध्यक्ष थापा

  • २९ माघ २०७५, मंगलवार
  • 3128 पटक पढिएको

सामाजिक र युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको सन २०१९ का लागि शाखा अध्यक्षमा निर्वाचित हुनुभएका खम थापा मगरसंग म्याग्दी अनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी ।


१ स्वागत छ यहाँलाई
–धन्यबाद
२ म्याग्दी जेसीजको नेतृत्व सम्हाल्नुभएको छ । कस्तो अनुभुति गर्दै हुनुहुन्छ ।
–बिशेष गरि १८ देखि ४० बर्ष भित्रका उर्जावान युवायुवतीहरुको नेतृत्व तथा क्षमता अभिबृद्धि गर्ने र आफ्नो क्षमतामा निखार ल्याउने संस्था हो जेसीज । म्याग्दीमा सक्रिय युवाहरु नै सम्मीलित भई सन २०१५ मा राष्ट्रिय अध्यक्षको रुपमा सिनेटर धनन्जयकुमार श्रेष्ठलाई समेत बिजयी गराउन सफल भएको म्याग्दी जेसीजको पहिचान छुट्टै बनिसकेको छ । राष्ट्रिय स्तरमै अब्बल खालको पहिचान स्थापित गर्न सफल संस्थाको नेतृत्व गर्ने अवसर पाउँदा आफुलाई निकै गौरवान्वित भएको महशुस गरेको छु । यो समयलाई मैले मेरो जिवनको लागि एक अवसर र चुनौतिको रुपमा लिएको छु ।
२ ) एक व्यक्ति एक पद एक कार्यकालको रुपमा फरक प्रद्धतीको संस्कार बोकेको जेसीजको गरिमालाई बढाउन आफ्नो कार्यकालमा के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ? कि बिगतकै कार्यक्रमले निरन्तरता पाउने हुन् ?
–एक व्यक्तिको एक बर्षे कार्यकाल काम गर्नको लागि अत्यन्तै छोटो समय हो । एक बर्षमात्रै नेतृत्व सम्हाल्ने अवसर पाईने यो संस्थामा हामीले अनुभवका लागि भनेर समय खर्चिने कुनै फुर्सद हुँदैन् । उक्त समयमा गरिने रचनात्मक र सिर्जनात्मक क्रियाकलाप मार्फत आफुमा निखारपन ल्याइ अन्य सामाजिक संघ संस्थाहरुमा उक्त अनुभवलाई प्रभाबकारी रुपमा उपयोग गर्ने हो । तैपनी यो एक बर्षलाई अतिनै क्रियाशिल रुपमा कार्यक्रमहरु गर्नका लागि मैले हर तवरबाट जमर्को गरेको छु । यो छोटो समयमा क्रियाशिल पूर्वक कार्य गर्नु चुनौतिपूर्ण पनि छ । बिशेष गरि म्याग्दी जेसीजका कार्यक्रमहरु बजारकेन्द्रित छन् । र मैले उक्त बजारकेन्द्रित कार्यक्रमलाई कम्तीमा पछिल्लो समय मुलुकको संघिय संरचना अनुरुप जिल्लामा रहेका सबै स्थानीय तहसम्म पु¥याउने कोसीस गर्ने जमर्को गरेको छु । जेसीज बजारमा बस्ने र कोट टाई लगाउने युवा युवतीहरुको मात्रै संस्था होईन् । गाउँ तथा दुरदराजमा बस्ने युवायुवतीहरुले पनि अपनत्व गर्ने खालका कार्यक्रमहरु ल्याउने मेरो प्रमुख लक्ष्य रहेको छ ।

३) के कस्ता कार्यक्रम समेट्ने योजना छ ? आफ्नो कार्यकाललाई रचनात्मक र सफल बनाउन ?
–बिशेष गरि युवायुवतीहरुको लागि नेतृत्व विकास तालिम नै हाम्रो प्रथामिकता हो । युवायुवतिलाई लक्षित गरि स्थानीय तहसम्म पुगेर व्यक्तित्व तथा नेतृत्व विकास र सकरात्मक सोचको विकास गर्ने खालका तालिमहरु सञ्चालन गर्ने योजना छ । पछिल्लो समय बढेको महिला हिंसाका घटनालाई मध्यनजर गरि सम्भावित घटनाहरुलाई न्युनिकरण गर्ने उदेश्यले युवतीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ । संस्थाको नेतृत्व सम्हाले लगत्तै हामीले पहिलो सञ्चालक समितिको बैठक राखेर यो एक बर्षको अबधिमा गर्ने र गर्न सक्ने सम्भावित कार्यक्रमलाई समेटेर बार्षिक कार्ययोजना निर्माण गर्ने प्रकृयाको थालनी गरेका छौँ । संस्थाका संस्थापक र पूर्व अध्यक्षहरु समेतको सल्लाहमा म्याग्दी जेसीजको उचाई बढाउने मात्रै नभई आम युवाबर्गको हित र म्याग्दी जिल्लालाई नै पत्येक्ष फाईदा पुग्ने कार्यक्रमलाई थप गर्ने हाम्रो योजना छ । खासगरि गत बर्षदेखि जिल्लामा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमलाई यो बर्षपनि निरन्तरता दिनेछौँ । त्यसैगरि जिल्लामा रहेका लोकसंस्कृतिको जगेर्नाको लागि निरन्तर रुपमा आयोजना हुँदै आएको नृत्य प्रतियोगिता र म्याग्दी जिल्लामा रहेका विद्यालयहरुले मिनि वर्डकपको रुपमा लिने गरेको जेसीजकप फुटवल प्रतियोगितालाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना बनाएका छौँ भने स्वस्थ खेलाडी उत्पादन गर्नको लागि कराँते प्रतियोगितालाई समेत निरन्तरता दिन्छौँ ।
४) खासमा यहाँले जे जति कार्ययोजना भन्नुभयो यि सबै कार्यक्रम आर्थिक पाटोसंग जोगिएको छ । आर्थिक व्यवस्थापनको स्रोत के हो ? जेसीजको ।
–जेसीज बिशेष गरि आफुमा रहेको अन्तरनिहित क्षमतालाई निखार ल्याउन संस्था हो । यो संस्थाको आर्थिक व्यवस्थापन कुनैपनि बैदेशिक निकाय तथा सरकारी निकायको बार्षिक बजेटभित्र पर्देन् । यद्यपी हामीले स्वतस्र्फुत आफै पनि आर्थिक रुपमा जोहो गछौँ । कतिपय ठुलो खर्च हुने कार्यक्रमहरुलाई सम्पन्न र सफल बनाउनको लागि विभिन्न व्यापारी, संघ संस्था तथा कार्यालयहरु तथा सहयोगी व्यक्तिहरुबाट स्वच्छीक रुपमा आर्थिक सहयोग जुटाएर कार्यक्रमहरु सम्पन्न गर्ने गछौँ । म्याग्दी जेसीजको १९ बर्षे इतिहाँसमा निकै ठुलो खर्च हुने र उपलब्धीहरु समेत हुने कार्यक्रमलाई समेत सफलता पूर्वक सम्पन्न गर्न यहाँका सबै क्षेत्रबाट सहयोग हुँदै आएको छ र यो बर्षका कार्यक्रमलाई समेत सफल बनाउन सबै क्षेत्रबाट रचत्नामक सहयोग हुने मैले अपेक्षा गरेको छु ।
५) जेसीजमा खर्च गर्न सक्नेहरुको लागि मात्रै पहुँच छ भन्ने सुनिन्छ ? ग्रामीण भेगमा आर्थिक रुपमा कमजोर रहेका युवायुवतिको समेत पहुँचमा पु¥याउन के सम्भव होला र ?
–अबश्य सम्भव छ । खासगरि म्याग्दी जेसीजमा प्रवेश गर्नको लागि पहिलो बर्ष प्रस्तावित सदस्यको लागि रु २ हजार ७ सय र प्रत्येक बर्ष सदस्य नविकरणको लागि रु १५ सय मात्रै लाग्ने हो । आफ्नो अन्तरनिहित क्षमताको विकास गरि व्यक्तित्व तथा नेतृत्वलाई निखार ल्याउनका लागि इच्छुक युवा युवतीहरुको लागि यो रकम त्यति ठुलो रकम होइन् । जहाँ सम्म जेसीजमा लागेपछि आर्थिक रुपमा पनि खर्च गर्नुपर्छ भन्ने कुरा छ, त्यसको हकमा हामीले हरेक कार्यक्रम गर्दा स्वच्छीक रुपमा हामी आफैले सहयोग जुटाउँछौँ, त्यसमा करकापमा भन्दा पनि जस्ले जे सहयोग गर्न सक्छ त्यही गछौँ । आर्थिक सहयोग गर्न सक्नेले आर्थिक र समय दिन सक्नेले समय दिन्छौँ । म सम्पूर्ण युवायुवतिहरुलाई के भन्न चाहन्छु भने जेसीजमा आबद्ध हुन पैसा होइन इच्छाशक्ति र सामाजिक कार्यहरुको लागि समय दिन सक्ने सामाजिक भावना हुनुपर्छ ।
६) युवायुवतीहरु मात्रै रहने संस्थाको रुपमा चिनिने गरेपनि म्याग्दी जेसीजमा युवायुवतिहरुको आकर्षण भने त्यति देखिँदैन् ? के भन्नुहुन्छ ।
–हो हामीले सोचे जस्तै गरि म्याग्दी जेसीजमा युवायुवतिको आकर्षण बढ्ने नसकेकै हो । यो कुरालाई मैले स्विकार गर्छु । पछिल्लो केही बर्ष म्याग्दी जेसीजको कार्यक्रमहरुले युवायुवतीहरुलाई जेसीजप्रति आकर्षण गर्न हरप्रयास गरेपनि सम्भव नभएको हो । तर गत बर्षदेखि म्याग्दी जेसीजले संस्थालाई बजारभित्र मात्रै नभएर गाउँ गाउँसम्म पनि केही हदसम्म पु¥याउन सफल भएको छ । सोही कारणले गर्दा गत बर्ष मात्रै २७ जना नयाँ प्रस्तावित सदस्यहरु थपिनुभएको छ । र जेसीजमा आबद्ध हुनको लागि आउने युवायुवतिहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ । मैले यो बर्षको नेतृत्व समालिरहँदा अहिलेसम्म ५ जना नयाँ सदस्य थप भैसकेका छन् । संस्थामा नयाँ सदस्य थप गर्ने अभियान मेरो कार्यकाल भरी नै निरन्तरा हुनेछ ।
७ ) अब यहाँको जेसीज यात्राको बारेमा कुरा गरौँ । खासमा म्याग्दी जेसीजमा यहाँका प्रवेश कहिले र कसरी भयो ?
–खासमा मेरो जेसीजप्रतिको झुकाब महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा अध्ययन गर्दै गर्दा बागलुङ जेसीजको केही कार्यक्रमहरुमा सहभागी हुने मौका पाएँ । केही कार्यक्रमहरुमा भाग लिँदै गर्दा जेसीजका साथिहरुको व्यक्तित्व तथा नेतृत्व गर्ने शैलि, कार्यक्रम गर्ने कलात्मक शैलिबाट प्रभावित भएँ । अध्ययनलाई टुंगाएर बागलुङबाट म्याग्दी आए लगत्तै मगर विद्यार्थी संघबाट परिचित मित्र लोकेश पुनको संगतबाट म्याग्दी जेसीजमा म प्रवेश गरेको थिएँ । जेसीजमा प्रवेश गरेको यो ७ बर्षको अन्तरलामा म प्रस्तावित सदस्य हुँदै साधारण सदस्य, उपाध्यक्ष, महासचिब, कार्यकारीणी उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएको हुँ ।
८) जेसीजमा लाग्ने के कुराले प्रभावित बनायो त तपाईलाई ?
–जेसीजमा समय आन्दोलन र विधिको शासन निकै महत्वपूर्ण कुरा हो । हामी सकभर निर्धारित समयमै कार्यक्रम सुरु गछौँ र समयअवधिभित्रै समापन गछौँ । हरेक बर्ष सहज रुपमा नेतृत्व परिवर्तन गछौँ र पदभार हस्तान्तरण गछौँ । त्यसैगरि जेसीजमा लागेका व्यक्तिहरु व्यापार व्यवसाय, सामाजिक क्षेत्र, राजनितीक क्षेत्र लगायत अन्य क्षेत्रमा समेत उत्तिकै सफल हुनुहुन्छ । यस्ता कुराहरुले पनि मलाई यो संस्थामा क्रियाशिल हुन थप प्रेरणा मिलेको हो ।
९ अन्तमा केही भन्नु छ की ?
–मगर समुदायको बाहुल्य रहेको म्याग्दी जिल्लामा म्याग्दी जेसीजको १९ बर्षे इतिहाँसमा पहिलो पटक मगर समुदायको प्रतिनिधित्व गर्दै जेसीजको नेतृत्व सम्हाल्ने अवसर पाएको छु । यो बर्ष जेसीजको उचाई संगै युवायुवतिको नेतृत्व तथा व्यक्तित्व विकास संगै म्याग्दी जेसीजका हरेक कार्यक्रमलाई सफल तुल्याउनको लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण म्याग्देली तथा मेरा आफन्त एवम साथिहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोगका साथै रचनात्मक सल्लाह सुझाब दिएर मेरो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।
१०) आफ्नो महत्वपूर्ण समय र संवादको लागि धन्यबाद
–धन्यबाद कमल जी  समृद्ध साप्ताहिक र म्याग्दी अनलाईनलाई पनि । म्याग्दी जेसीज र मेरा भनाईहरु राख्ने अवसर सिर्जना गरिदिनुभएकोमा ।