नगर तथा गाउँपालिका प्रमुखमा महिलालाई पन्छाईदै

  • ४ बैशाख २०७४, सोमबार
  • 2949 पटक पढिएको

म्याग्दी, ४ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा नगर तथा गाउँपालिका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य भएपनि  जिल्लाका दलहरुले  प्रमुखमा  महिलालाई भन्दा पुरुषलाई प्राथमिकता दिएका छन ।


म्याग्दीमा एक नगरपालिका र पाँच गाउपालिकाको प्रमुखमा महिला भन्दा पुरुषनै अघि देखिएका छन् । काँग्रेस एमाले र माओवादी केन्द्रमा प्रमुख लागि योग्य महिला उम्मेद्वार भएपनि  उनीहरुलाई पाटीले उपप्रमुखमा राख्ने सम्भावना बढी रहेको छ ।  
बेनी नगरपालिकामा नेपाली  काँग्रेसका जिल्ला सदस्य अमृतादेवी बाँनिया , महिला संघकी अध्यक्ष विमाला गौचन, र सिर्जना श्रेष्ठ प्रमुखका लागि आकांक्षी  देखिएका छन् । एमालेमा मुना बानियाँ, विष्णु रोका लगायतका आकाँक्षी रहेका छन्  भने माओवादी केन्द्रमा ज्योती लामिछाने रहेका छन् ।
धौलागिरि गाउँपालिकामा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष थमसरा पुनले प्रमुखका लागि दावि गरेपनि आफुलाई त्यो भुमिका दिने निश्चित नभएको उनले बताईन । संविधानले महिलालाई थुप्रै अधिकार दिएपनि  विभिन्न बहाना बनाएर नेतृत्व तहमा जान नदिने काम भएको बताईन । पाटीको इमान्दार कार्यकता भएको हिसावले मलाई पाटीले दिएको भुमिकामा आफु खुशि हुने दावि गरिन् । नेपाली काग्रेसले मालिका गाउँपालिका उपप्रमुखमा रुमकी विमला रोकालाई उठाउने निर्णय गरेको छ ।
बेनी नगरपालिका, अन्नपुर्ण, मंगला, रघुगँगा, धौलागिरि र मालिका गाउँपालिकामा प्रमुख भन्दा उपप्रमुखमा महिलालाई प्राथमिकता दिने सम्भावना बढी देखिएको छ।


त्यस्तै बेनी नगरपालिकामा महिला संघकी अध्यक्ष विमला गौचनले  नगर प्रमुखमा दावि रहेको छ । यदी पाटीले भुमिका दियो भने मैले गर्न सक्छु, उनले भनिन् ।तर पाटीले मेरो पक्षमा निर्णय गर्ने सम्भावना कम रहेका बताईन् ।
निर्वाचन कार्यालयका अनुसार कुल ७१ हजार  ४६३ मध्ये ३७ हजार ४७२ महिला मतदाता छन् ।  महिला मतदाता बढी भएकै जिल्लामा नगर र गाउँपालिका प्रमुखमा महिला उम्मेद्वारलाई प्राथमिकता नदिनु  दलहरुको कमजोरी दुरदर्शीताको अभाव भएको  म्याग्दी बहुमुखी क्याम्पसकी सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले बताईन् । ६ ओटा केन्द्रमा  दलहरुले कम्तिमा एकस्थानमा महिलालाई प्रमुखको उम्मेद्वार बनाउन सक्नुपर्छ यदी उपप्रमुखमा मात्र महिलालाई  प्राथमिकता दिनु भनेको  निर्वाचनमा महिला मतदाताको अपमान भएको उनले बताईन ।