एमालेको चुनाव प्रचारप्रसार समिति गठन

  • ४ बैशाख २०७४, सोमबार
  • 1389 पटक पढिएको

म्याग्दी, ४ वैशाख । म्याग्दीको बेनी नगरपालिका–५ नयाँगाउँमा शुक्रबार नेकपा एमालेको चुनाब प्रचारप्रसार समिति गठन भएको छ । भेलाले शान्ति थापा संयोजक, छेकविर नेपाली उपसंयोजक, पूर्णबहादुर नेपाली सचिव र राममाया नेपाली सहसचिव रहेको ३१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा जुना नेपाली, सीता कार्की, हिरा कार्की, सम्झना नेपाली, मनकुमारी विक, थम्मन नेपाली, कोपिला नेपाली, शान्ति नेपाली, नन्दकुमारी पाईजा, कल्पना नेपाली, जयन्ती नेपाली र कोपिला रत्न रहेका छन् ।

यसैगरी सदस्यमा दुर्गे नेपाली, भरतकुमारी बानियाँ, टेकविर नेपाली, मोहन खत्री, निलकण्ठ शर्मा, देवी कार्की, मिने परियार, रोशन परियार, प्रेम परियार, टिकाराम रत्न, चन्द्र केसी, लक्ष्मण खत्री, मिनबहादुर खत्री र दलबहादुर खत्री रहेको एमालेले जनाएको छ ।

त्यस्तै भेलाले महिला सदस्यमा नयाँगाउँबाट यामकुमारी पाईजा, दलित सदस्यमा रिता दर्जी र सदस्यमा डडुवाबाट तोपबहादुर कार्कीलाई चुनाबमा उठाउने निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्दै बेनपा–५ को वडा अध्यक्षका प्रत्यासी लक्ष्मण बानियाँले आफूलाई अमुल्य मत दिएर जिताउन भेलामार्फत मतदातालाई अनुरोध गरेका छन् ।
एमाले म्याग्दीका सचिवालय सदस्य रामप्रसाद सुवेदी र सल्लाहकार चनबहादुर पाईजाले नेपाली जनताको वास्तविक पार्टी नेकपा एमाले भएको बताउँदै गाउँ टोलको विकासका लागि एमालेलाई जिताउन आवश्यक रहेकोमा जोड दिएका थिए ।