दिवंगत अभिभावकको स्मृतिमा छात्रवृति प्रदान

  • ५ माघ २०७५, शनिबार
  • 1320 पटक पढिएको

बेनी ५ माघ । अन्नपूर्ण गाउँपालिका ३ दानाका एक परिवारले दिवंगत अभिभावको स्मृतिमा स्थानीय ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुभएको छ ।स्व गंगाप्रसाद र दुर्गाकुमारी स्मृतिमा कृष्ण र कबिन तुलाचनद्धारा स्थापित कोषबाट एसइइ र दश जोड दुई तहमा सर्वोकृष्ट अंक हासिल गर्ने तीन जना र गरिब जेहेन्दार दुई जनालाई कूल ३५ हजार रुपैयाँ छात्रवृति प्रदान गरिएको हो ।

२०७४ को एसइइमा सबैभन्दा बढी जिपिए प्राप्त गर्ने रियोज्ना तामा र रचना गुरुङ, दश जोड दुइमा बढी अंक हासिल गर्ने सन्तोष सुवेदीलाई नगद पाँच/पाँच हजार रुपैयाँ सहित मेडल र दश जोड दुई तहमा अध्ययन गर्ने राजकुमार बि.क र बिमल पुर्जालाई दश हजार रुपैयाँ प्रदान गरिएको प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो ।