माघेसंक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

  • १ माघ २०७५, मंगलवार
  • 3965 पटक पढिएको

पोखरा, १ माघ । माघे संक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदायको गाउँपालिका/वडा स्तरीय पुरुष/महिला भलिबल प्रतियोगता सुरु भएको छ ।  नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीको आयोजनामा सुरु भएको सो प्रतियोगितामा पुरुष तर्फ ९ र महिला तर्फ ११ टिमले सहभागीता जनाएका छन् ।

त्यसैगरि पुरुष २ ए साईट भलिबलमा १७ टिमले सहभागी जनाएका छन् । प्रतियोगितामा पुरुष भलिबलमा प्रथमलाई नगद रु ४० हजार र द्धितियलाई २५ हजार महिला भलिबलमा प्रथमलाई नगद रु ३० हजार र द्धितियलाई २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम नेपाल छन्त्याल संघको युवा संघ कास्कीका अध्यक्ष कुल प्रसाद घरब्जाको अध्यक्षतामा भएको कार्यक्रमको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले उद्घाटन गर्नुभएको हो । उहाँले छन्त्याल समुदायको १२ थरको नाममा दिप प्रज्वलन गर्नुभएको थियो उहाँले माघे संक्रान्ति पर्वको अवसरमा कला संस्कृतिको संरक्षण संगै खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताले सघाउ पुग्ने बताउनुभयो ।

धौलागिरि गाउँपालिका–१ का वडा अध्यक्ष झक बहादुर छन्त्याल, संघका भुपु जिल्ला सचिब जित तथब्जा, नेपाल छन्त्याल संघ जिल्ला समिति कास्कीका सचिव बमबहादुर छन्त्याल, दिविन घरब्जा लगायतले मन्तव्य राख्नुभएको थियो भने सुजन छन्त्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सो अवसरमा स्वर्गीय संग बहादुर तथब्जा र सर्वजित तथब्जाको स्मृतिमा निर्माण भएको छात्रबृत्ति कोषबाट देशभरबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

गत बर्ष हरेक माघे संक्रान्ति पर्वको अवसरमा वितरण गर्ने गरि स्थापना गरिएको रु ५ लाखको सो आक्षयकोषबाट प्रथम पुरष्कार रघुगंगा गाउँपालिका–८ दुवाडी घर भई हाल बुटवल निवासी निरुता घ्याप्चनलाई नगद रु ३५ हजार र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । सो अवरमा पुरुष छेलो, महिला छेलो, महिला/पूरुष रस्काकस्सी लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।