म्याग्दीका मगर समुदायले माघे संक्रान्ति पर्व भव्य रुपमा मनाए (फोटो फिचर)

  • १ माघ २०७५, मंगलवार
  • कमल खत्री
  • 2434 पटक पढिएको

कमल खत्री
म्याग्दी, १ माघ । माघे सङ्क्रान्ति पर्वलाई म्याग्दीका मगर समुदायले धुमधामका साथ साँस्कृतिक झाँकी पदर्शन सहित मनाएका छन् । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा मंगलवार बेनीमा मगर समुदायको कला संस्कृति र भेषभुषा पदर्शन गरिएको हो ।

मगर समुदायको मौलिक भेषभुषामा सयौँको संख्यामा सहमागी ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो । ¥यालीमा पुख्यौली यानीमायाँ भाकामा मादले मारुनी नाच समेत देखाइएको थियो । ‘‘ नयाँ पुस्तालाई पुख्र्यौली कला संस्कृतिको बारेमा जानकारी गराउने उदेश्यले साँस्कृतिक झाँकी देखाईएको हो, मौलीक संस्कृतिहरु लोप हुन नदिन पुख्र्यौली नाच र गितहरुलाई पुस्ता हस्तान्तरणमा हामी जुटेका छौँ’’–मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले भन्नुभयो ।

¥याली पश्चात मगर संगको सभाहलमा आयोजित कार्यक्रममा पुख्यौली नाच देखाउनुको साथै थालीनाच, सालैजो, यानीमाँ, कौडा नृत्य लगायतका विविध साँस्कृतिक प्रस्तुतीहरु देखाईएको छ । पर्वको अबसरमा आयोजित कार्यक्रममा मगर संघ गण्डकी प्रदेशको सचिब पदमा निर्वाचित राजकुमार थापा, सदस्य बालकुमार रोका, अनिल राम्जाली, यामकुमारी गर्वुजा, म्याग्दी जेसीजको अध्यक्षमा निर्वाचित खम थापा मगर लगायतलाई सम्मान समेत गरिएको मगर संघ म्याग्दीका सचिब लोकेश पुन मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मौलिक संस्कृतिको संरक्षणमा मगर समुदायका युवा पुस्ता सक्रिय देखिनु सकरात्मक पक्ष रहेको बताउँदै परम्परागत कला संस्कृतिको संरक्षणमा मगर संघले गर्दै आएको योगदान प्रसंसनीय रहेको बताउनुभयो । उहाँले सरकार र समुदाय दुबै मिलेर अघि बढ्न सकेमा मात्रै सबैखाले मौलिक संस्कृतिको संरक्षण गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै मगर संघ गण्डकी प्रदेशका सचिब राजकुमार थापाले मगर लगायतका जातजातीहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा गण्डकी प्रदेश सरकारले विदा दिएर सम्मान व्यक्त गरेपनि जिल्लाका केही विक्तिय संस्थाहरुले विदा नगरिकन सेवा प्रवाह गरेको भन्दै गुनासो गर्नुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–८ का अध्यक्ष रामकृष्ण बराईली, प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगर,आदीबासी जनजाती महासंघका अध्यक्ष मुक्ति रोका, संघका सल्लाहकार नरबहादुर थापा, छन्त्याल संघका रेशम छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो । संघका अध्यक्ष थजालीको अध्यक्षता,उपाध्यक्ष डगमायाँ पाईजाको स्वागत र सचिब पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा म्याग्दीको छिसबाङका कलाकार किरन पुनको मेरो देश बोलको गीतको म्युजिक भिडियो विमोचन गरिएको थियो भने हाँस्यकलाकार विकास फगामीले हाँस्यव्यङ्गे प्रस्तुत गर्नुभएको थियो ।

????????????????????????????????????

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l