म्याग्दीकाली सञ्चार सहकारीको भवन निर्माण सुरु

  • ३० पुष २०७५, सोमबार
  • 1563 पटक पढिएको

बेनी ३० पुष । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ ।बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको सोमबार संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गरेका छन् ।

शिलन्यास कार्यक्रममा संस्थाका पदाधीकारी, सञ्चालक र कर्मचारीहरुको उपस्थिती थियो । एक करोड रुपैयाँको लागतमा चार तले भवन निर्माण कार्य २०७६ मंसिर महिनाभित्र सम्पन्न गरिने संस्थाका प्रबन्धक धु्रबराज सुवेदीले बताए ।

म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्ज, केबुल नेटवर्क र इन्टरनेट सेवा प्रवाह गर्दै आएको म्याग्दीकाली सञ्चार सहकारी हाल बेनीको न्युरोड स्थित भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।