नारी जागृति सहकारीको अध्यक्षमा बानियाँ

  • २८ पुष २०७५, शनिबार
  • 1824 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, २८ पुस । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा चिना बानियाँ निर्वाचित भएकी छिन् । ‘बचत गर्ने बानी बसालौं, शित उभाई घैला भरौं’ भन्ने मूल नारासहित सहकारीको शनिबार बेनीमा सम्पन्न १९औं साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

सहकारीको उपाध्यक्षमा देवी आचार्य, सचिवमा दिलमाया बिटालु, कोषाध्यक्षमा दुर्गा केसी र सहसचिवमा कमला अधिकारी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा कोपिला केसी, होमकुमारी रेग्मी, कोपिला खड्का, रजिता घिमिरे गौतम, विष्णु घर्ती, कल्पना पौडेल आचार्य, रचना शाही र थुमा खड्का रहेका छन्भने लेखा समिति संयोजकमा पशुपति शाही र ऋण उपसमिति संयोजकमा सोचिना खड्का निर्वाचित भएका छन् ।

संस्थाले गत आर्थिक वर्षसम्म शेयर पुँजी ६१ लाख ४९ हजार सातयस पु¥याएको छ भने लगानी एक करोड २६ लाख ५९ हजार आठसय ५५ र निक्षेप सङ्कलन ८० लाख ५० हजार ६८८ रुपैयाँ भएको जनाएको छ । साधारणसभामा सहकारीका सचिव देवी आचार्यले प्रगति र कोषाध्यक्ष भीमकुमारी बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका ज्येष्ठ शेयर सदस्य डबलदेवी ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको उद्घाटनसत्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य प्रताप बानियाँ र सहकारीका लेखा संयोजक पशुपति शाहीले मन्तव्य राखेका थिए ।

साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता बालकुमारी पाण्डे, डोलकुमारी शर्मा, असल ऋणीद्वय विश्वलक्ष्मी शाक्य र राजकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा म्याग्दीका क्रियाशिल पत्रकार एवं रुप्से दैनिक पत्रिकाका सह–सम्पादक प्रताप बानियाँलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष देवी केसी, प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य डबलदेवी ढुङ्गानाले मायाको चिनो प्रदान गरेर पत्रकार बानियाँलाई सम्मान गरेका थिए ।


त्यसैगरी ज्येष्ठ शेयर सदस्य ढुङ्गानालाई संस्थाका अध्यक्ष केसीले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रम सहकारीका निवर्तमान अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष चिना बानियाँको स्वागत र सचिव देवी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।