एसइईमा उतकृष्ट नतिजा ल्याउने विद्यालयलाई रघुगंगा गाउँपालिकाद्वारा सम्मान

  • २५ पुष २०७५, बुधबार
  • 1851 पटक पढिएको


म्याग्दी, २५ पुस । रघुगंगा गाउँपालिकाले २०७४ सालको एसईईमा उतकृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका अन्तर्गत प्रअ र अध्यक्षहरुको बृहत छलफलको अवसरमा विद्यालयलाई सम्मान गरेको हो । गाउँपालिका अन्तर्गत एसईईमा क्रमश प्रथम दिप्तृय र तृतिय हुने अमर माध्यमिक विद्यालय, पाखापानी, मुक्तिधाम मावि राखु भगवती र जनता मावि दग्नामलाई सम्मानपत्रले सम्मान गरिएको हो । उतकृष्ट नतिजा ल्याउने विद्यालयलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रशासकिय प्रमुख रमेश थापाद्वारा सम्मान गरिएको हो ।

शैक्षिक गुणस्तर सुधार गर्न २२ गते सुरु भएको रघुगंगामा प्रअ र अध्यक्षहरुको बृहत छलफल बुधबार सम्पन्न भएको छ। बृहत छलफलले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पुर्वाधार अवस्था, शैक्षिक गुणस्तर प्रभावकारी बनाउन आगामी योजनामा रहेर बृहत छलफल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित अनुशिक्षण कार्यक्रममा प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई विद्यमान शिक्षा निति, समसामयिक कानुनको बारेमा जानकारी गराईएको थियो । सो कार्यक्रममा गाउँपालिकाभित्रको शैक्षिक अबस्था, समस्या र चुनौतिहरु बारेमा मुक्तिधाम मावि भगवती सं्रोत केन्द्र र अमर मावि पाखापानी स्रोत केन्द्रलाई दुईचरणमा दुईदुईदिनसम्म सहभागि गराएर छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता कृष्णराज पन्त, कानुन व्यवसायी ठहर बहादुर भण्डारी, प्रमुख प्रशासकृत अधिकृत रमेश थापा, गाउँपालिकाका शिक्षा संयोजक बालकृष्ण उपाध्याय, स्रोत व्यक्ति दुतप्रसाद गर्वुजा लगायतले सहजीकरण गरेका थिए ।

४ दिने अनुशिक्षण कार्यक्रमको जिल्ला न्यायधिवक्ता पन्त, गाउँपालिका अध्यक्ष भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । गापा अध्यक्ष भण्डारीको अध्यक्षता,स्रोत व्यक्ति गर्वुजाको स्वागत र शिक्षा संयोजक उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत थापाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।