भुरुङ तातोपानीमा पशु स्वास्थ्य शिवीर

  • ३० चैत्र २०७३, बुधबार
  • 1451 पटक पढिएको

म्याग्दी, ३० चैत ।म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा बुधबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।     जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको शिवीरमा भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, दोवा, हिस्तानका कृषकहरुले सेवा लिएका छन् ।

८५ जना कृषकका आठ सय पशुपंक्षिका लागि औषधि वितरण गरिएको कार्यालयले जनाएको छ । पशु स्वास्थ्य सम्बन्धि परामर्श, रोगको लक्ष्यणका आधारमा औषधी वितरण गरिएको थियो ।

कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक मनबहादुर पुन, पशु चिकित्सक जिवनप्रसाद आचार्य, पशु सेवा प्राबिधिक सुवास रेग्मी, राम श्रेष्ठ महतो, संगिता पुन र कृष्ण अधिकारीको टोलीले सेवा दिनुभएको थियो ।